काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रमा विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न राज्यले ठोस बजेट विनियोजन गर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक बहस कार्यक्रममा प्रचण्डले भने, “यदि राज्यले इच्छाशक्ति देखाएमा शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गरी नेपाली विद्यार्थी विदेश नजाने, बरु विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन सकिन्छ।”
उनले थपे, “रोजगारी सिर्जना गर्ने शिक्षा नीतिको विकास गर्न आवश्यक छ र देशभित्रै उच्चस्तरीय तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने हुन्छ।”
प्रचण्डको यो अभिव्यक्तिले नेपालमा शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रियकरण गर्ने रणनीतिको आवश्यकतालाई जोड दिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया