काठमाडौं ।  आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म माग्ने राजा को ट्रेलर सार्वजनिक गरिएको छ। हास्य र मर्मस्पर्शी दृश्यले भरिएको चार मिनेट लामो ट्रेलरले फिल्मको कथा र पात्रको झलक दिएको छ।

केदारप्रसाद घिमिरे (माग्ने बुढा) को शीर्ष भूमिका रहेको फिल्ममा वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल र शारदा गिरी मुख्य भूमिकामा देखिएका छन्। ट्रेलरमा टेलिभिजन प्रस्तोताको रूपमा मिस पबी र न्यायाधीशको छोटो भूमिकामा कोमल वलीको झलक पनि देखिन्छ।

advertisement

फिल्मले गाउँले युवाको धनी बन्ने सपना र त्यसले ल्याउने उतार–चढावलाई प्रस्तुत गर्छ। कथावस्तुबाट सामाजिक, आर्थिक र राजनीतिक विसंगतिमाथि व्यंग्य गरिएको स्पष्ट हुन्छ। ट्रेलरमा केदारलाई विभिन्न अवतारमा देखाइएको छ।

फिल्म माग्ने राजा को निर्देशन ऋषि लामिछानेले गरेका हुन् भने पटकथा सामीप्य तिमल्सेनाले लेखेका हुन्। मधुसुधन शर्माको निर्माण रहेको फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका छन्।

तीजको अवसर पारेर माग्ने राजा भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com