काठमाडौं । जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाट पूर्ण रुपमा निष्कासन गरेको छ।
पहिले साहलाई पार्टीमा जिम्मेवारी पूरा नगरेको र अध्यक्ष सीके राउतविरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा चैत १४ गते ६ महिनाका लागि उपाध्यक्ष पदबाट निलम्बन गरिएको थियो। तर, अब उनलाई पार्टीको साधारण सदस्यताबाट समेत हटाइने निर्णय गरिएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया