काठमाडाैं । नेपालका प्रधानमन्त्री केपि शर्मा ओली भूपरिवेष्ठित राष्ट्रको सम्मेलन सकेर आज स्वदेश फर्किँदै छन। तुर्कमेनिस्तानको अवाजामा सम्पन्न संयुक्त राष्ट्रसंघीय भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सम्मेलनमा नेपालको पक्ष दृढतापूर्वक प्रस्तुत गर्दै राष्ट्रिय हितको पक्षमा स्पष्ट र प्रभावकारी धारणा राखेका प्रधानमन्त्री केपी शर्मा ओली आज राति स्वदेश फर्किँदै छन्।
सम्मेलनमा नेपालको तर्कलाई सहभागी मुलुकहरूले सराहना गरेका थिए। समापनपछि तुर्कमेनिस्तानका उपप्रधानमन्त्री रहसित मेरेडोभले अवाजा विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सम्मानपूर्वक बिदाइ गरेका छन्।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया