सुर्खेत ।  कालिकोटको खाँडाचक्र नगरपालिका–१० गोलुवामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी वीरबहादुर सुनारका अनुसार कर्णाली प्रदेश ०२–००१ च ०२७६ नम्बरको फोर्स जिप बिहान करिब साढे ८ बजे करिब १०० मिटर तल खसेको हो।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको छ। तीमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी छ।

advertisement

 

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com