काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङले आफूलाई ५–१० वर्ष देशको नेतृत्व गर्ने अवसर दिन आग्रह गरेका छन्। उनले सो अवधिमा देशलाई सही मार्गमा ल्याउने दाबी गर्दै, त्यसमा असफल भए टुँडिखेलमा हेदत्याग गर्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै साम्पाङले भनेका छन्, “५–१० वर्ष यो देश मलाई जिम्मा लगाइदिए म सही मार्गमा ल्याउनेछु। यदि नेपालीले महसुस गर्ने गरी परिवर्तन ल्याउन सकिनँ भने टुँडिखेलमा हेदत्याग गर्नेछु। तर नेपालीले कुरा बुझ्नुपर्छ।”

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया