काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठकका लागि १३ बुँदे कार्यसूची तय गरेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठक शुक्रबार दिउँसो १ बजे काठमाडौंको बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक अवस्थादेखि संगठन सुदृढीकरण, पार्टी आन्तरिक व्यवस्थापन, र आगामी रणनीतिसम्बन्धी विषयहरूमा गहिरो छलफल हुने जनाइएको छ।
प्रत्येक केन्द्रीय सदस्यलाई छलफलका क्रममा अधिकतम दुई मिनेट समय छुट्याइएको छ भने प्रदेश इञ्चार्जहरूलाई तीन मिनेट समय दिइनेछ।
बैठकका मुख्य एजेण्डाहरू यसप्रकार छन्:
-
समसामयिक राजनीतिक तथा पार्टी गतिविधिबारे छलफल — केन्द्रीय विभागको प्रगति विवरण, संसदीय दलको रुपन्देही बैठकको रिपोर्ट, उपनिर्वाचनको अपडेट, संगठनको स्थिति तथा कुलिङ अफ पिरियडमा भएको अनियमितता छानबिन प्रतिवेदन।
-
प्रदेश इञ्चार्जहरूद्वारा क्षेत्रीय रणनीति तथा प्रतिवेदन प्रस्तुति
-
केन्द्रीय सदस्यहरूको प्रतिवेदन प्रस्तुति
-
पार्टी सचिवालय बैठकमा भएका निर्णयहरूमा छलफल र अनुमोदन
-
पार्टी विधानको व्याख्या र अनुमोदन
-
केन्द्रीय विभाग प्रमुखहरूको मनोनयन सम्बन्धी प्रस्ताव
-
पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्ताव
-
निर्वाचन आयोगमा पार्टी प्रतिनिधि मनोनयन सम्बन्धी निर्णय
-
रणनीतिक समूह गठनबारे प्रस्ताव
-
केन्द्रीय समिति र विभागहरूलाई थप जिम्मेवारी दिई संगठन सुदृढीकरण
-
विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण
-
सभापति रवि लामिछानेमाथि गरिएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियानको प्रगति प्रतिवेदन र अभियानलाई थप प्रभावकारी बनाउने रणनीति
-
विविध — अधिवेशन प्रतिनिधिको समय निर्धारण, प्रदेश र केन्द्रीय विभागमा नयाँ नियुक्ति, मधेश प्रदेश सहमहामन्त्रीको सिफारिस, पार्टी सचिवालयबाट अनुमोदित अनुमानित बजेट प्रस्तुति, सांसदहरूको लेभीसम्बन्धी छलफल।
बैठकमार्फत पार्टीले संगठनात्मक पक्षलाई थप व्यवस्थित गर्दै राजनीतिक लक्ष्यप्रति एकीकृत ढंगमा अघि बढ्ने तयारी गरेको संकेत देखिएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया