काठमाडाैं । जुम्लादेखि सुर्खेत तर्फ जाँदै गरेको फोर्स गाडी शुक्रबार बिहान कालिकोटको खाँडाचक्र नगरपालिका–१० गोलुवा नजिक दुर्घटना हुँदा घाइते भएका सातै जनाको पहिचान खुलेको छ।

शुक्रबार विहान करिब साढे ८ बजे अनियन्त्रित भएर करिब एक सय मिटर तल खसेको उक्त गाडीमा चालक, सहचालक र पाँच जना यात्रु सवार थिए।

advertisement

प्रहरीका अनुसार चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका–१ का लगभग ३० वर्षीय लालबहादुर बस्नेत गम्भीर घाइते भएका छन् भने सहचालक कालीकोट सुभकालिका गाउँपालिका–२ का २१ वर्षीय प्रकाश शाही सामान्य घाइते छन्।

यात्रुहरूमा जुम्लाको हिमा गाउँपालिका–१ का २८ वर्षीय रविन परियार, उनका पाँच वर्षीय छोरा सुमन परियार, सोही स्थानकी १६ वर्षीया अबिगेल परियार, हिमा गाउँपालिका–१ की २५ वर्षीया गंगा परियार र कालीकोट तिलागुफा नगरपालिका–६ का लगभग २० वर्षीय प्रकाश शाही रहेका छन्।

घाइतेहरूको उपचार जिल्ला अस्पताल मान्म कालीकोटमा भइरहेको छ। चालक बस्नेतको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारणहरूको छानबिन भइरहेको छ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com