काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी सोमबार विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मतका लागि उनले प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलाई बैठक बोलाउन अनुरोध गरिसकेका छन्।
नेकपा (एमाले) को समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँलाई गत मंगलबार मुख्यमन्त्री पदमा नियुक्त गरिएको थियो। उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी कुल ६४ सांसदको समर्थन प्राप्त छ।
बानियाँले विना विभागीय मन्त्रीसहित कांग्रेसका २ र एमालेका ६ मन्त्रीलाई आफ्नो सरकारले सहभागी गराएका छन्।
नेपालको संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली २०७४ को नियम १४३(१) बमोजिम विश्वासको मतको प्रक्रिया अघि बढाइने भएको छ। यसैबीच बागमती प्रदेशको आगामी राजनीतिक परिदृश्यमा यस कदमले महत्वपूर्ण प्रभाव पार्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया