काठमाडौं । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेको छ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा पहिलो हाफको खेलमा दुवै टोलीले गोल गर्न सकेका छैनन्।
खेलको ३८औं मिनेटमा नेपालले पेनाल्टी प्राप्त गर्यो, तर मीना देउवाको प्रहार पोलमा लागेर फर्कियो। रिबाउन्ड बलमा पनि गोल गर्न नसक्दा नेपालले अग्रता लिन मौका गुमायो।
नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने साउदी अरेबियाले उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो। अब नेपालले बलियो टोली उत्तर कोरियासँग खेल्न बाँकी छ।
यस प्रतियोगितामा प्रत्येक समूहको विजेताले एसियन कपको टिकट पाउने छन् भने दुई उत्कृष्ट उपविजेताले पनि छनोट हुने व्यवस्था छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया