काठमाडौं । भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेको छ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा पहिलो हाफको खेलमा दुवै टोलीले गोल गर्न सकेका छैनन्।

खेलको ३८औं मिनेटमा नेपालले पेनाल्टी प्राप्त गर्‍यो, तर मीना देउवाको प्रहार पोलमा लागेर फर्कियो। रिबाउन्ड बलमा पनि गोल गर्न नसक्दा नेपालले अग्रता लिन मौका गुमायो।

नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको थियो भने साउदी अरेबियाले उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो। अब नेपालले बलियो टोली उत्तर कोरियासँग खेल्न बाँकी छ।

यस प्रतियोगितामा प्रत्येक समूहको विजेताले एसियन कपको टिकट पाउने छन् भने दुई उत्कृष्ट उपविजेताले पनि छनोट हुने व्यवस्था छ।

 

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com