काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनको दफा ३ को उदफा १ बमोजिम मुद्दा दायर गरेको छ।
आयोगले वडा नं. ६ मा सम्पन्न नाला निर्माण कार्यको भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत रु. १ लाख घुस लिएको पुष्टि भएपछि साहलाई रंगेहात पक्राउ गरेको थियो।
अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले साहलाई सेवाग्राहीसँग लिएको घुससहित पक्राउ गरेको जनाएको छ। आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
आयोगले यस घटनालाई गम्भीरताका साथ लिएर थप अनुसन्धान अघि बढाउने जनाएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया