काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सातदिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन्।

बिहीबार राति चीनको ग्वान्झाउ हुँदै उनी रुसको राजधानी मस्को गएका हुन्। राउत चाइना साउदर्न एयरलाइन्सको उडान (फ्लाइट नम्बर ३०६८) बाट ग्वान्झाउ उडेका थिए। त्यहाँबाट उनले मस्कोका लागि उडान भरेको स्रोतको भनाइ छ।

जनमत पार्टीले अध्यक्ष राउतको भ्रमणलाई व्यक्तिगत भनेको छ। पार्टीका अनुसार, उनले सात दिन रुसमा रहनेछन्।

यद्यपि, राउतको यो भ्रमणको औपचारिक उद्देश्य भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com