काठमाडौं । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले इजरायलको सुरक्षा क्याबिनेटद्वारा गाजामा नियन्त्रण गर्ने निर्णयलाई गलत ठहर गर्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मा प्रतिक्रिया जनाउँदै स्टार्मरले भने, “गाजामा आक्रमण विस्तार गर्ने इजरायली सरकारको निर्णय गलत हो। हामी यसबारे तुरुन्त पुनर्विचार गर्न आग्रह गर्छौं।” उनले गाजामा तत्काल युद्धविराम आवश्यक रहेको पनि उल्लेख गरे।

advertisement

स्टार्मरका अनुसार, गाजाको मानवीय संकट दिनप्रतिदिन गहिरिँदै गएको छ भने हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरू भयावह अवस्थाबाट गुज्रिरहेका छन्। “अहिलेको प्राथमिकता युद्धविराम नै हो,” उनले लेखे।

यसअघि शुक्रबार बिहान इजरायलको सुरक्षा क्याबिनेटले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गाजामा नियन्त्रण गर्ने योजनालाई स्वीकृति दिएको थियो। नेतन्याहूले अमेरिकी ‘फक्स न्युज’सँगको अन्तर्वार्तामा गाजाबाट हमासलाई हटाई पूर्ण नियन्त्रण लिने आफ्नो लक्ष्य स्पष्ट पारेका थिए ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com