काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप सुदृढ र उन्नत बनाउनु वर्तमान राजनीतिक प्राथमिकता भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधानले सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग र भूगोलको उचित प्रतिनिधित्व गराएर समावेशी चरित्रको राज्य निर्माण गरेको उल्लेख गरे।

advertisement

उनका अनुसार संविधान नेपाली कांग्रेसको नेतृत्वमा बनेको हो र संविधानको कार्यान्वयन, रक्षा तथा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई दृढताका साथ अगाडि बढाइरहेको वर्तमान सरकारको प्रतिबद्धता रहेको छ।

लेखकले संविधानको रक्षा र समावेशी राज्य निर्माणलाई आजको मुख्य राजनीतिक मुद्दा भनेका छन्।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com