काठमाडौं । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको पक्षधर सांसदहरूको बैठक आज काठमाडौंमा बस्दैछ।

नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग राजीनामाअघि भएको सहमति कार्यान्वयन नदेखिएपछि लामाले आफ्ना पक्षका सांसदहरूलाई छलफलका लागि बैठक बोलाएका हुन्। बैठकमा करिब १४ जना सांसद सहभागी हुने बताइएको छ।

advertisement

बैठक दिउँसो २ बजे बस्नेछ र त्यसपछि पार्टी सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम समेत रहेको एक सांसदले जानकारी दिए। उनका अनुसार, सहमति कार्यान्वयन हुने निश्चित नभएसम्म बानियाँलाई विश्वासको मत नदिने अडान बैठकले लिने तयारी छ।

एक सांसदका अनुसार, “कांग्रेसको इतिहासमै पहिलोपटक संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। आफ्नै सरकारलाई विश्वासको मत नदिने परिस्थिति पनि इतिहासमै पहिलोपटक देखिन सक्छ।”

यसअघि कांग्रेसकै सांसदहरूले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरी उनलाई दलको नेताबाट हटाएका थिए। त्यसपछि भएको निर्वाचनमा बानियाँ नेता निर्वाचित भएका थिए। सभापति देउवासँगको छलफलपछि लामाले राजीनामा दिएका थिए। राजीनामाअघि भएको सहमतिअनुसार, लामाले नियुक्त गरेका मन्त्रीलाई यथावत राख्ने र त्यसै आधारमा मन्त्रिपरिषद् विस्तार गर्ने सम्झौता भएको थियो।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com