काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा विद्युत् व्यापारबाट नेपाललाई ४ अर्ब ५० करोड रुपैयाँ फाइदा भएको दाबी गरेका छन्।

ओलीका अनुसार नेपालले यस वर्ष विद्युत् आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेशमा निर्यात गरेको छ। “हामीले यस वर्ष साढे चार अर्ब फाइदा गर्ने सफलता पाएका छौँ। विद्युत् आयातको परिमाण पनि घटाउँदै लगेका छौँ,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनले विगतमा विद्युत्भार कटौती हटाए पनि उद्योग क्षेत्रमा अझै कटौती भइरहेकाे अवस्थामा अब उद्योगमा समेत विद्युत् आपूर्ति बढाइएको बताए।

 

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com