काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का  महन्थ ठाकुरले जनताको चाहनाअनुसार अहिलेको शासन प्रणाली पनि सजिलै ढल्न सक्ने बताएका छन्।

कैलालीमा संघीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको ‘जनजागरण अभियान’ कार्यक्रममा बोल्दै ठाकुरले थारु र मधेशी समुदायका सैंकड़ों वीर सपूतले आफ्नो अधिकार र पहिचानका लागि बलिदानी दिएकै भए पनि अझैसम्म न्याय नपाएको गुनासो पोखे।

उनले भने, “अधिकार र पहिचानको लागि थारु र मधेशीका सयौं सपुतहरूले जीवन नै बलिदान गरे तर हामीले त्यो अधिकार अझैसम्म पाउन सकेका छैनौं।”

ठाकुरले वर्षौंदेखि जरा गाडेको राजतन्त्र जनताको सक्रिय सहभागिताले ढलेको उदाहरण दिँदै भने, “जनताले अस्वीकार गरेपछि राजतन्त्र झरेको हो भने अहिलेको शासन व्यवस्था पनि जनताले चाह्यो भने एकैछिनमा परिवर्तन गर्न सक्छ।”

उनले देशमा संघीयता लागू भए तापनि अधिकार प्राप्तिमा अझै ठूला चुनौतीहरू रहेको बताए।

ठाकुरले आफूहरूले गठन गरेको संघीय लोकतान्त्रिक मोर्चा समान अधिकारको सुनिश्चितताका लागि निरन्तर संघर्ष गर्ने बताएका छन्।

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com