धरान । सुनसरीको इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस इटहरीबाट धरानतर्फ आउँदै गर्दा विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटरसँग ठोक्किएको थियो।
स्कुटर चालक झापाको विर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए। उनीहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउँसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान जारी छ।
प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार













प्रतिक्रिया