एजेन्सी ।  शनिबार इजरायली सेनाको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

गाजाको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासका अनुसार मध्य गाजाको सहायता केन्द्र नजिकै पर्खिरहेका सर्वसाधारणलाई लक्षित गरी गरिएको आक्रमणमा छ जनाको ज्यान गएको र ३० जनाभन्दा बढी घाइते भएका छन्।

advertisement

अमेरिका र इजरायल समर्थित गाजा ह्युमेनिटेरियन फाउन्डेसनले सञ्चालित खाना वितरण केन्द्रहरूमा दैनिक हजारौं मानिसहरू सहायता पर्खिरहेका हुन्छन्। पछिल्लो समयमा इजरायली सेनाले यस्ता सहायता केन्द्रलाई लक्षित गर्दै आक्रमण गर्दा धेरैको मृत्यु हुने गरेको छ।

युद्ध सुरु भएदेखि गाजामा आवश्यक खाद्यान्न, औषधि र इन्धनको अभाव देखिएको छ, जसमा इजरायली प्रतिबन्ध मुख्य कारण बनेको छ।

इजरायली प्रधानमन्त्री नेतान्याहूले गाजा सहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेपछि विश्वभर विरोध र आक्रोश फैलिएको छ। नेतान्याहूले भनेका छन् कि इजरायलले गाजालाई कब्जा गर्न नभई हमासबाट मुक्त गर्न खोजेको हो।

इजरायललाई २० लाखभन्दा बढी मानिसलाई अनिकालबाट बचाएर प्यालेस्टिनी बन्धकहरूलाई मुक्त गर्न दबाब बढ्दै गएको छ।

 

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com