काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकार मात्रको भरमा सबैलाई नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सम्भव नभएको स्पष्ट पारेका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा सामुदायिक तथा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे।

advertisement

उनका अनुसार हाल राज्यको बजेट यस क्षेत्रमा अत्यन्त सीमित छ र तत्काल ठूलो मात्रामा लगानी गर्ने अवस्था पनि छैन। “सरकार एक्लैले स्वास्थ्य वा शिक्षा पूर्ण रूपमा नि:शुल्क गर्न सक्दैन,” उनले भने, “हामीसँग भएको लगानी क्षमता निकै थोरै छ, त्यसैले सामुदायिक योगदान आवश्यक छ।”

मन्त्री पौडेलले विशेषगरी आर्थिक रूपमा सक्षम नागरिकलाई शिक्षा र स्वास्थ्यको विकासमा जोडिन आग्रह गर्दै ग्रामीण क्षेत्रमा अझै गुणस्तरीय सुविधा पाउने विकल्प नभएको औंल्याए। उनका अनुसार शहरी क्षेत्रमा जेनतेन गुणस्तरीय सेवा प्राप्त गर्ने वातावरण बनेको भए पनि गाउँमा अवस्था चुनौतीपूर्ण छ।

“ग्रामिण बस्तीलाई लक्षित गर्दै विद्यालय र स्वास्थ्य संस्था स्थानीय लगानीमै खोल्न जरुरी छ,” मन्त्री पौडेलले जोड दिए, “यसलाई योजनाबद्ध र व्यवस्थित रूपमा अघि बढाउन हामी सबैको सहकार्य चाहिन्छ।”

प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com