काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले प्रशोधित पिउने पानीको जार अनुगमनलाई तीव्र बनाउँदै एक हप्तामा मापदण्डविपरीतका २७१ जार बरामद गरी नष्ट गरेको छ।

बर्खायाममा पानीजन्य रोगको जोखिम कम गर्न गरिएको अनुगमनमा आषाढ र श्रावण महिनामा मात्र १३९ गाडीबाट ४५६ जार बरामद गरी नष्ट गरिएको महानगरले जनाएको छ।

advertisement

पानीको गुणस्तर सुनिश्चित गर्न संकलित नमुनाहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए। उनका अनुसार चालु आर्थिक वर्षदेखि बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वरलगायत क्षेत्रमा चेकपोस्टमार्फत खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको छ।

अनुगमन महानगरपालिका, कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा भएको हो।

 

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com