काठमाडौं ।  माओवादी सांसद छिरिङ ल्हामु लामाले ज्ञानेन्द्र शाहीको अभिव्यक्तिमाथि कटाक्ष गर्दै सामाजिक सञ्जालमार्फत इतिहास विकृतिकरण भइरहेको आरोप लगाएकी छन्।

लामाका अनुसार, खस राज्यको स्थापना गर्ने राजा नागराजबारे वास्तविक इतिहासबारे स्पष्ट ज्ञान नहुँदा आधारहीन व्याख्या र तर्कहरू सार्वजनिक भइरहेका छन्। उनले सीमित व्यक्तिलाई राम्रो देखाउनका लागि गरिने यस्तो तर्कलाई युट्युब च्यानलहरूले प्रचार गर्ने र समाजमा भ्रम फैलाउने गरेको बताइन्।

उनले यथार्थभन्दा झुट छिटो फैलिने र बढी बिक्ने भएकाले सामाजिक सञ्जाल विधेयक तत्काल अघि बढाउन आवश्यक रहेको उल्लेख गरिन्। उनका अनुसार, अभिव्यक्ति स्वतन्त्रताको नाममा भइरहेको दुरुपयोगले आजको पुस्ता र भावी पुस्तामा नकारात्मक असर पार्ने खतरा छ।

लामाले आम युवापुस्तालाई भ्रमपूर्ण सामग्रीभन्दा तथ्यमा आधारित जानकारी ग्रहण गर्न र यथार्थमा टेकेर बोल्ने संस्कार विकास गर्न आह्वान गरिन्।

 

 

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com