धनकुटा । धनकुटा नगरपालिका–६ टेकुनालामा आइतबार पिकअप गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
प्रहरीका अनुसार, गाईजात्रा हेर्न धनकुटा बजार आउँदै गरेको पिकअप गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हो। दुर्घटनापछि घाइते सबैलाई तत्काल उद्धार गरी धनकुटा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र आवश्यक परे थप उपचारका लागि बाहिर पठाइने प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया