काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई क्षेत्रमा सिँचाइको स्थायी समाधानको खोजीमा सरकार कटिबद्ध रहेको बताएका छन् । आइतबार मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत रोपाइँ सम्पन्न भएको खबरसँगै उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै आगामी वर्षदेखि आकासे वर्षामा निर्भरता हटाएर सिँचाइ व्यवस्थापनलाई दिगो बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले भने, “तराईको सुक्खाग्रस्त क्षेत्रका किसानहरूका पिर, पसिना र सपना माटोमै सुक्न नदिन मैले केही समयअघि त्यहाँ गएर सरकारद्वारा राहत तथा सहयोगको विशेष निर्णय पनि गरियो ।” उनले आगामी दिनहरूमा सुनकोसी–मरिन डाइभर्सन आयोजना जस्ता ठूला योजना अघि बढाएर दीर्घकालीन समाधान खोजिने जानकारी दिए ।

advertisement

सरकारले तत्कालीन रूपमा ५०० वटा डिपबोरिङ जडानको काम थालिसकेको छ भने प्राकृतिक वर्षाले समेत हरियाली फर्काउन सहयोग गरेको प्रधानमन्त्रीले बताए । उनले साउन २३ गतेसम्म मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत धान रोपाइँ सकिएको र चाँडै सम्पूर्ण खेतबारी हरियालीले भरिने आशा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले किसानहरूको मुस्कान, हरियाली जमिन र खाद्यान्न सुरक्षालाई देशको प्राथमिकता रहेको उल्लेख गर्दै सबै कृषकलाई सम्मान प्रकट गरे । उनले भने, “हामी सबैको साझा सपना हो, समृद्ध तराई, जहाँ सिँचाइको स्थायी व्यवस्था हुनेछ र किसानहरूको जीवनस्तर उकासिनेछ ।”

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com