धनकुटा । धनकुटा नगरपालिका–८ टेकुनालामा गएको पिकअप दुर्घटनामा १७ जना घाइते भएका छन् । गाईजात्राको लागि टेकुनालाबाट धनकुटा बजारतर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनाग्रस्त भएको हो ।

२ च २३०९ नम्बरको उक्त पिकअपमा सवार २१ मध्ये १७ जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको छ भने गम्भीर तीन जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

advertisement

गम्भीर घाइतेमध्ये धनकुटा नगरपालिका ७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, ३८ वर्षीय जीतबहादुर श्रेष्ठ र ८ का ४५ वर्षीय रेनुका राई रहेका छन् ।

अन्य घाइतेहरूमा धनकुटा–८ का १४ वर्षीय सविना डंगोल, ६४ वर्षीय चन्द्रभक्त डंगोल, ३५ वर्षीय हरीकुमार डंगोल, ७२ वर्षीय मोहन डंगोल, २७ वर्षीय राम श्रेष्ठ, टिना डंगोल, १८ वर्षीय रोजिन डंगोल र ५६ वर्षीय रमेश कर्माचार्य रहेका छन् ।

यस्तै धनकुटा–७ का २२ वर्षीय राजन राई, शहीदभूमि गाउँपालिका–४ का २४ वर्षीय आशिष राई, साँगुरीगढी गाउँपालिका–१ का १६ वर्षीय निशु लिम्बु, मुलघाटका १२ वर्षीय रोनिया श्रेष्ठ, सिंधुवाका १६ वर्षीय शिव श्रेष्ठ र २४ वर्षीय प्रकाश श्रेष्ठ पनि घाइते छन् ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com