काठमाडौं ।  पशुपति आर्यघाटमा शव दहनका क्रममा शवबाट मासु र हड्डी चोरी हुने अनौठो घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानले यस्तो सामग्री अघोरी बाबालाई बेचिएको हुनसक्ने आशंका गरिएको छ।

शवको मलामीले दिएको उजुरीका आधारमा प्रहरीले शुक्रबार शव दहन गर्ने घाटे गणेश ढकाललाई पक्राउ गरेको थियो। काभ्रेको बनेपा–९ निवासी राम शाहीको शव अत्येष्टिका क्रममा दहन भइसकेपछि एक टुक्रा मासु निकालेर अन्य व्यक्तिलाई दिएको आरोप लगाइएको छ। मलामीले उक्त घटना देखेपछि प्रहरीलाई खबर गरेका थिए।

advertisement

प्रहरीले पक्राउ गरेको घाटे ढकालले मासु नभएर हड्डी मात्र निकालेको बताएको छ भने मासु विक्री गरेको आरोप स्वीकार नगरेको डीएसपी सुकदेव खनालले जानकारी दिए। तर, मलामीले ढकालले मृतकको मासु पाँच सय रुपैयाँमा ‘जोगीजस्तो’ देखिने व्यक्तिलाई बिक्री गरेको बताए। उक्त रकममध्ये सय रुपैयाँ सहयोगीलाई र बाँकी चार सय रुपैयाँ ढकालले आफैले राखेको आरोप छ।

केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी चन्द्रकुवेर खापुङले शवबाट अंग वा मासु चोरी गर्ने घटना प्रहरीका लागि नयाँ भएको र यसबारे अनुसन्धानका लागि कानुनी मार्गनिर्देशन आवश्यक रहेको बताए। सोधपुछमा घाटे र अघोरी बाबाबीच मिलेमतो भएको आशंका गरिएको छ। अघोरीहरूले मृतकको हड्डी खेलाउने, रगत पिउने र मासु खाने चलन रहेको प्रहरीले जनाए।

प्रहरीले आइतबारसम्म म्याद थप गरी थप अनुसन्धान गर्ने योजना बनाएको छ र अनुसन्धानको नतिजा अनुसार सम्बन्धित कानुनअनुसार कारबाही गर्ने तयारीमा छ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com