काठमाडौं । भारतको उत्तराखण्डमा दुई फरक स्थानमा आएको बाढीमा परी बेपत्ता भएका १३ नेपालीमध्ये एक जनाको शव फेला परेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले शवको सनाखत गर्ने कार्य भइरहेको जानकारी दिएको छ ।
साउन २० गते उत्तराखण्डको धराली क्षेत्रमा आएको ‘क्लाउड ब्रस्ट’ का कारण बाढीले ठूलो क्षति पुर्याएको थियो । धराली बाढीमा परेका १३ नेपालीमध्ये अझै आठ जना बेपत्ता रहेका छन् भने बाँकी जीवनरक्षक उद्धार गरिएका छन् ।
त्यसैगरी, पौरी गढवाल जिल्लाको बगुडा क्षेत्रमा साउन २१ गते आएको बाढीमा परी पाँच नेपाली बेपत्ता भएका थिए । बगुडा बाढीका घटनामा पाँच जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाले उपचारपछि घर फर्किसकेका छन् भने दुईजनाको अहिले पनि उपचार जारी रहेको नेपाली दूतावासले जनाएको छ ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार












प्रतिक्रिया