काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट चरणको समूह ए को निर्णायक खेलमा नेपाली युवा महिला फुटबल टोली उत्तर कोरियासँग ११-० को ठूलो अन्तरले पराजित भएको छ।
चाङलिमिथाङ स्टेडियममा आइतबार भएको यस एकतरफा खेलमा उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्दै नेपाली टोलीलाई धुलो चटाएको थियो।
समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ । उत्तर कोरिया साविक विजेता समेत हो । उत्तर कोरियाले छनोटमा कूल ३६ गोल गर्दा कुनै गोल बेहोरेन ।
नेपाली टोलीका लागि यो छनोट चरणको पहिलो हार हो। यसअघि नेपालले भुटानलाई ४-० र लाओसलाई १-१ को बराबरी गरेको थियो। यो पराजयले नेपाली युवा महिला फुटबलको विकासमा नयाँ चुनौतीहरू रहेको देखाएको छ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया