काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले दक्षिण एशियामा सार्कको महत्व रहे पनि हाल संगठन ‘कोमामा’ पुगेको बताए। “सार्क अब फर्कने हो कि होइन, ठेगान छैन,” यादवले भने।
उनका अनुसार विगतमा सार्कमा आतंकवादविरोधी एजेन्डा समेत उठेको भए पनि आतंकवादी गतिविधि रोक्ने प्रभावकारी च्यानल अझै आवश्यक छ। उनले आतंकवादीको जड पहिचान गरी समयमै समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया