रसुवा । रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड जाने क्रममा एक तीर्थयात्रु बेपत्ता भएका छन्।
प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर धार्मिकमार्गबाट साउन २३ गते बेपत्ता भएका हुन्।
उनका साथीसहित गएका रामकुमार ढकाल र अर्जुन विकले प्रहरीमा मगरको बेपत्ता भएको जाहेरी दिएका छन्। बेपत्ता भएको ठाउँ चन्दनबारी र चोलाङपाटीको बीच भागमा रहेको घना जंगल क्षेत्र हो।
प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा खोजी उद्धार टोली खटाइएको छ। सशस्त्र प्रहरी बल, नेपाली सेना (श्रीनाथ गण) र नेपाल प्रहरीले गरी ४५ सुरक्षाकर्मी परिचालन गरी खोजी कार्य तीव्र बनाइएको छ।
प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार













प्रतिक्रिया