काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको खेतीपाती सिजनमा रासायनिक मलको अभाव नहुने दाबी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले सरकारले मल आपूर्तिमा विशेष प्राथमिकता दिएको उल्लेख गरेका छन्। कृषि मन्त्रालयको तथ्यांक उद्धृत गर्दै ओलीले हाल कृषि सामग्री कम्पनीसँग २९ हजार ११ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनसँग १३ हजार ७१२ मेट्रिक टनसहित कुल ४२ हजार ८२३ मेट्रिक टन युरिया, डिएपी र पोटास मौज्दात रहेको जानकारी दिए।

advertisement

उनका अनुसार थप १ लाख ४० हजार ५०४ मेट्रिक टन मल भित्र्याउने प्रक्रिया भइरहेको छ, जसका कारण किसानले आवश्यक समयमा मल अभावको सामना गर्नुपर्ने छैन।

ओलीले कुनै स्थानमा मलको कमी देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी दिन किसानलाई आग्रह गर्दै, “खेतबारी हराभरा बनाऔं,” भन्ने सन्देशसमेत दिएका छन्।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com