काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीमा रहेको एक ग्रिल कारखानामा काम गर्ने युवकको करेन्ट लागेर मृत्यु भएको छ। पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारी आइतबार राति करेन्ट लागी गम्भीर घाइते भएपछि उपचारका क्रममा निधन भएको हो।

प्रहरीकाको अनुसार हवारीलाई करेन्ट लागेपछि नेपाल मेडिकल कलेज, अत्तरखेलमा उपचारार्थ लगिएको थियो, तर चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

advertisement

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com