काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थी एकता सुदृढ बनाउन विभिन्न पार्टी नेताहरूसँग भेटघाट जारी राखेका छन्।
सोमबार हात्तीवनस्थित आफ्नै निवासमा श्रेष्ठले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्। सचिवालयका अनुसार उक्त भेटमा वर्तमान राजनीतिक अवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउन आवश्यक कदमबारे छलफल भएको छ।
यसअघि पनि श्रेष्ठले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (एस) का महासचिव घनश्याम भुसालसँग लगातार भेट गरी वामपन्थी साझा रणनीति तयार गर्ने प्रयास गरिरहेका छन्।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया