काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले निर्माण गर्न लागेको वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकमा सूचना प्रविधि (आइटी) क्षेत्रलाई समावेश गर्नुपर्ने जोड दिएका छन्।

सोमबार अर्थ समितिमा भएको छलफलमा सांसद श्रेष्ठले विधेयकमा आइटी क्षेत्रप्रति पर्याप्त ध्यान नदिइएको भन्दै आपत्ति जनाएका हुन्।

उनले भने, “वैकल्पिक विकास वित्त परिचालनको लागि सरकारले ल्याएको विधेयक पुरातन सोचमा आधारित छ र यसले आइटी क्षेत्रलाई समेट्न सकेको छैन। यसरी विधेयक ल्याउनु उपयुक्त होइन।”

श्रेष्ठले ट्रेजरीबाहिरका स्रोतबाट लगानी जुटाउँदा हुन सक्ने जोखिमहरूको व्यवस्थापनसमेत विधेयकले समेट्नुपर्ने सुझाव दिए। साथै, हालको संरचनाबाट पनि वैकल्पिक वित्त परिचालन सम्भव छ भने छुट्टै संरचना किन आवश्यक परेको स्पष्ट पार्न सरकारलाई आग्रह गरे।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com