काठमाडौं । नेकपा (एमाले) की सांसद इन्दिरादेवी गौतमले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने विषयमा छिटो निर्णय लिन सरकार र सम्बन्धित समितिलाई आग्रह गरेकी छन्।
सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै गौतमले लामो समयदेखि गैरआवासीय नेपाली नागरिकताको विषयमा अस्पष्टता रहँदा प्रवासी नेपालीहरूमा निराशा र आक्रोश फैलिएको उल्लेख गरिन्।
उनले भने, “वंशजको नागरिकतालाई स्पष्ट पार्दै विदेशमा रहेका नेपालीले गैरआवासीय नेपाली नागरिकता पाउने विषयमा संविधानको भावना अनुसार नयाँ विधेयक बनाउने वा संशोधन गर्ने विषयमा समितिले छिटो निष्कर्ष निकाल्नुपर्छ।”
सांसद गौतमले नागरिकता दुरुपयोग रोक्न सरकार सचेत रहनुपर्ने र कुनैपनि नेपाली नागरिक नागरिकताविहीन नहुनुपर्नेमा पनि जोड दिइन्।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया