सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोल नजिक पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। बस र माइक्रोबस एक आपसमा ठोक्किँदा   ज्यान गएको हो।

मृत्यु हुनेहरूमा सप्तरीको महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङ्कर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा, र मोरङको बिराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका छन् भने अन्दाजी ४५–५० वर्षकी एक अपरिचित महिला पनि घाइते अवस्थामा मृत्यु भएकाे प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन्।

advertisement

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र२–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएको थियो। माइक्रोबसमा सवार १८ मध्ये दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकाहरूको उपचार सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल र विराटनगरस्थित गोल्डेन अस्पतालमा भइरहेको छ।

बस चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com