काठमाडौं ।  पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालनमार्फत देशको विकास गतिलाई तीव्र बनाउनु आवश्यक रहेको बताएका छन्।

सोमबार अर्थ समितिमा भएको वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयकको दफावार छलफलमा भाग लिँदै कार्कीले निजी क्षेत्रलाई समेटेर तयार पारिएको यस कानुन छिटो पास गर्न जोड दिएका हुन्।

advertisement

उनले भने, “यो नयाँ सोचसहितको कानुन हो, जुन छिटोभन्दा छिटो समितिबाट पारित हुनु जरुरी छ। अहिले समितिमा भइरहेको ढिलाइले विकास योजनाहरूमा असर पुगेको छ।”

सांसद कार्कीले स्रोत अभावको समस्या हटाउन र निजी क्षेत्रको सहभागिता बढाउन वैकल्पिक वित्त कोषको भूमिका महत्वपूर्ण हुने बताए। उनले विधेयकमा आवश्यक स्पष्टता र व्यवस्था समेटिएको पनि बताएका छन्।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com