नयाँ दिल्ली । भारतमा मतदाता प्रमाणीकरण र चुनावी धाँधलीको आरोप लगाउँदै करिब ३०० विपक्षी सांसदहरूले सोमबार संसद भवनदेखि निर्वाचन आयोगको कार्यालयसम्म विरोध मार्च गरेका छन्।

यो प्रदर्शनका क्रममा कांग्रेसका नेता राहुल गान्धी, प्रियंका गान्धी, समाजवादी पार्टीका अखिलेश यादव लगायतका दर्जनौं विपक्षी सांसदहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

advertisement

संसद प्रहरीले उनीहरूलाई नजिकैको प्रहरी चौकीमा लगेको बताइएको छ। मार्चअघि संसदको दुवै सदनमा मताधिकार सम्बन्धी मुद्दामा ठूलो विवाद भएको थियो र त्यसका कारण दुई घण्टासम्म कार्यवाही स्थगित गरिएको थियो। दिउँसो २ बजे पुनः सुरु भएको कार्यवाहीमा सांसदहरूले संसद गेटबाट विरोध प्रदर्शन सुरु गरेका थिए। विरोधमा सहभागी सांसदहरूले ‘भोट बचाउ’ र ‘चुनावी धाँधली बन्द गर’ लगायतका नाराहरू लगाएका थिए।

तर, दिल्ली प्रहरीले इन्डिया ब्लक क्षेत्रबाट मार्चका लागि अनुमति नलिइएको भन्दै विरोधकर्तालाई रोक्न ब्यारिकेडिङ गरेको थियो। विरोधकारी सांसदहरूले ब्यारिकेड तोड्ने प्रयास गर्दा प्रहरीले रोकथाम गर्‍यो। रोकिएको अवस्थामा केही सांसदहरू भुईँमा बसेर विरोध प्रदर्शन गरे।

प्रदर्शनमा सहभागी प्रियंका गान्धी, डिम्पल यादव लगायतले ‘भोट चोर, गद्दी छोड’ का नारा लगाएका थिए। यस्तो प्रदर्शनीलाई नियन्त्रणमा लिन प्रहरीले उनीहरूलाई हिरासतमा लिएर नियन्त्रणमा राखेको बताइएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com