काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले कैलाली कारागारभित्र भएको हिंसात्मक झडपको जिम्मा सरकारको लापरवाहीलाई ठहर गरेको छ। झडपमा परेर भरत चौधरीको ज्यान गएको र ४८ जना कैदीबन्दी घाइते भएको घटनापछि पार्टीले गम्भीर सुरक्षा कमजोरी देखाएको आरोप लगाएको हो।

पार्टीका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कारागार प्रशासनको सुरक्षा लापरवाही र राज्यको उदासीनताले एउटा जीवन समयअगावै समाप्त भयो। सुरक्षा नियन्त्रण भित्रै नागरिक असुरक्षित हुनु गृह प्रशासनको चरम लापरवाही हो।”

advertisement

पार्टीले यो घटनालाई ‘अचानक भएको झडप’ भन्दै ढाकछोप गर्न खोज्ने प्रयास अस्वीकार गर्ने चेतावनी दिएको छ। श्रेष्ठका अनुसार, ५९० भन्दा बढी कैदीबन्दीको हस्ताक्षरसहित सुरक्षा अभाव र बढ्दो तनावबारे राज्यलाई पहिले नै जानकारी दिइए पनि आवश्यक सतर्कता र व्यवस्थापनको कदम नचालिएको हो।

विज्ञप्तिमा भनिएको छ, “यो केवल दुर्भाग्य होइन, बरु गम्भीर लापरवाही र संवेदनहीनताको परिणाम हो। यसको सम्पूर्ण जिम्मेवारी गृह प्रशासनले लिनुपर्छ।”

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com