बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइसम्बन्धी निवेदनमाथिको बहस सकिएको छ ।
सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सम्पन्न भएपछि अहिले आदेश लेख्ने प्रक्रिया सुरु भएको अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । उनले भने, “बहस सकियो, आदेश लेख्ने काम भइरहेको छ, हामी पनि प्रतीक्षामा छौँ ।”
लामिछाने गत चैत २५ गतेदेखि बुटवलस्थित कारागारमा पुर्पक्षका लागि थुनामा छन् । यसअघि चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।
त्यसअघि भने रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । पछिल्लोपटक लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानतमा छुट पाउन माग गर्दै साउन १९ गते जिल्ला अदालतमा निवेदन दिएका थिए ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया