काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश जारी भएको छ।

सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै राख्ने आदेश सुनाएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।

advertisement

लामिछाने बुटवलको सुप्रीम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

यसअघि लामिछानेले साउन १९ गते आफूले ठगी प्रकरणको बिगोबापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत पेश गरी जमानतमा रिहा हुन निवेदन दिएका थिए। तर, अदालतले उक्त निवेदन अस्वीकृत गर्दै उनलाई कारागारमै राख्ने फैसला गरेको हो।

सुप्रीम सहकारी ठगी मामिलामा गत चैत २२ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ। तबदेखि उनी भैरहवा कारागारमा रहिरहेका छन्।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com