काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

advertisement

साउन २० गते एमाले–कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँले एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद छन्। बाँनियालाई ५६ सांसदको समर्थन आवश्यक पर्छ।

नेकपा एमाले र नेपाली कांग्रेस दुबै दलले आफ्ना सांसदलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन्। यद्यपि, निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षका केही कांग्रेस सांसद भने असन्तुष्ट रहेका छन् ।
लामाले आफ्नो आफ्नो समूहका तीन सांसदलाई मन्त्री बनाउनुपर्ने अडान कायमै राखेका छन्।

बागमती प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३ ९सभामुख सहित०, एकीकृत समाजवादीका ७, नेपाल मजदूर किसान पार्टीका३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्।

 

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com