काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज रासायनिक मलको आपूर्ति सहज बनाउन तथा खेतीपातीको वर्तमान अवस्थाबारे उच्चस्तरीय बैठक गर्दैछन्। उक्त बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा, कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीसहित सम्बन्धित निकायका अधिकारीहरूको उपस्थिति रहनेछ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो बस्नेछ। हाल देशभर आवश्यक मात्रा मौज्दात रहँदै र थप मल आयातको प्रक्रिया जारी हुँदासमेत किसानले समयमा मल नपाएको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले प्रत्यक्ष पहल गरेका हुन्।

advertisement

प्रधानमन्त्रीले खेतीपातीको मुख्य समय सुरु हुनु अघि नै मलको अभाव नहुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने तयारी गरेका छन्। साथै, उनले नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना, प्राङ्गारिक मलको उत्पादन वृद्धि र यसको प्रयोगलाई प्रोत्साहन दिने दीर्घकालीन योजना अघि बढाउन पनि जोड दिने छन्।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com