काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच आज निर्धारित संयुक्त बैठक स्थगित भएको छ। सभामुख घिमिरेले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएका थिए।

तर कार्यव्यस्तताका कारण तय भएको समयमै बैठक बस्न नसकेपछि त्यसलाई स्थगित गरिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिएका छन्।

advertisement

उक्त बैठकमा प्रतिनिधिसभाको आगामी कार्यसूची, विभिन्न विधेयक र प्रतिवेदनहरूका विषयमा छलफल हुने तय गरिएको थियो। साथै, गत जेठ १३ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘भिजिट भिसा सेटिङ’ प्रकरणमा संसदीय विशेष छानबिन समिति वा न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने मागसहित गरिरहेको प्रतिनिधिसभा बहिष्कारबारे पनि छलफल हुने तयारी थियो।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com