काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको नीति, विधि र पद्धति विपरीत सार्वजनिक अभिव्यक्ति नदिन नेतादेखि कार्यकर्ता सम्मलाई निर्देशन दिएको छ।
पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले आज जारी निर्देशनमार्फत पार्टीको अनुशासन उल्लङ्घन हुने टिप्पणी नगर्न र सामाजिक सञ्जालमा समेत त्यस्तो सामग्री पोस्ट नगर्न आग्रह गरेका छन्।
उनका अनुसार पार्टीका धारणा वा निर्णयप्रति सुझाव, टिप्पणी वा फरकमत भएमा त्यसलाई सार्वजनिक नगरी आफू संलग्न कमिटीको बैठकमा पेश गर्नुपर्ने व्यवस्था छ। “पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा, पार्टीलाई हानि पुग्ने किसिमका अभिव्यक्ति र लेखनबाट टाढा रहन सबैलाई अनुरोध गर्दछु,” देउजाले भने।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया