काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरमा रासायनिक मलको आपूर्ति र खेतीको वर्तमान अवस्थाबारे मंगलबार अपराह्न सम्बन्धित अधिकारीहरूसँग उच्चस्तरीय छलफल गर्ने भएका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, छलफलमा कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी, मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीहरू सहभागी हुनेछन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।

advertisement

देशमा मलको मौज्दात र आयात दुवै भइरहेको भए पनि किसानले समयमा मल नपाएको गुनासो बढेपछि प्रधानमन्त्रीले यो विषयलाई प्राथमिकतामा राखेका हुन्।

यसअघि पनि प्रधानमन्त्री ओलीले सम्बद्ध निकायका अधिकारीहरूसँगको बैठकमा मलको अभाव हुन नदिन, स्वदेशमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना, साथै प्राङ्गारिक मलको उत्पादन र प्रयोगलाई विस्तार गर्ने योजनाको खाका तयार गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com