काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण युवालाई शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले गरिबी, असमानता, जलवायु परिवर्तन लगायतका विश्वव्यापी चुनौतीहरू पार गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न युवाहरू सक्रिय हुनुपर्नेमा जोड दिए। साथै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा जुट्न युवापुस्तालाई आह्वान गरे।
उनले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको स्मरण गर्दै, देशको उज्ज्वल भविष्य निर्माणमा युवाको भूमिका निर्णायक हुने बताएका छन्।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया