काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू भ्रष्टाचार र अनैतिक क्रियाकलापमा डुबेको आरोप लगाएकी छन्। उनले भने, देशभर २८ हजारभन्दा बढी कैदी बन्दी जेलमा रहँदा पनि एक जनाका लागि मात्र विलासिताको चर्चा भइरहेको छ, जुन मिडियामा एकतर्फी प्रचार भएको बताइन्।

न्यौपानेले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा रहेको र आफूले जिम्मेवारी लिएर ठगी स्वीकार गरेको दाबी गर्दै भने, “रास्वपाका नेताहरू नै भिजिट भिसा प्रकरणका मुख्य दोषी हुन् र पार्टीको जन्म नै यस मुद्दाबाट भएको छ।”

advertisement

उनले थपे, “पार्टी सभापति नै भिजिट भिसामा विदेश गएर नेपाली नागरिकता त्यागेका व्यक्ति हुन्। कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मान्छे पठाउने र ठग्ने काम गरेको आरोप लाग्छ भने दोष अरूलाई लगाउनु उचित होइन।”

सांसद न्यौपानेले रास्वपाका नेताहरूको व्यक्तिगत जीवनमा नजान चाहने भए पनि सामाजिक संजालमा आएको समाचार उल्लेख गर्दै, “मर्दै गरेको पत्रकारले आफ्नो मृत्युमा रवि लामिछानेलाई दोषी देखाएको छ। अर्कोतिर सोही पार्टीकी नेता सोविता गौतमले बलात्कारलाई न्यून आँकलन गर्ने अभिव्यक्ति दिएकी छिन्। उपसभामुखले भिजिट भिसामा ६ जना साथीसँग लैजान चाहेको कुरा पनि बाहिर आएको छ।”

उनले रास्वपाका नेताहरूका यी विवादित कार्यहरूलाई लिएर दोष अरूमा लगाएर संसद् बहिष्कार गर्नु लज्जास्पद भएको टिप्पणी गरिन्।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com