काठमाडौं ।  राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न तयार गरिएको विधेयक, २०८१ मंगलबार पेश गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विधेयक प्रस्तुत गर्दै भने, “नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भइसकेको अवस्थामा महासन्धिको कार्यान्वयनका लागि यो विधेयक आवश्यक परेको हो।”

advertisement

मन्त्री पाण्डेका अनुसार संवैधानिक व्यवस्थालाई मूर्तरूपमा लागू गर्न र सांस्कृतिक सम्पदाको संरक्षण तथा व्यवस्थापनको कानुन बनाउन विधेयक ल्याइएको हो।

विधेयकमाथि दुई राष्ट्रिय सभा सदस्यहरूले विरोध जनाए पनि मन्त्री पाण्डेको प्रष्टिकरणपछि तिनीहरूले विरोध फिर्ता लिएका छन्।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com